← Back to Reviews
Jumping Frog (जम्पिङ फ्रग)
Highly Recommended
★ 4.5 / 5.0

Mandala Theatre (मण्डला थिएटर) · Aug 22, 2014

Jumping Frog (जम्पिङ फ्रग)

“Critique: Jumping Frog (जम्पिङ फ्रग)”

TheatreHub CriticOfficial Critic
“Jumping Frog (जम्पिङ फ्रग) presents a vibrant contribution to Nepal's stage repertory.”

<p><span>जम्पिङ फ्रग नाटक एउटा भ्यागुतोको प्रेमकथा हो । बकुल्लाको डरले आफ्नो टोलबाट भागेको भ्यागुताको भेट एउटी भ्यागुतीसँग हुन्छ । भ्यागुतीले उसलाई बचाउँछे । विस्तारै उनीहरुको मित्रता शुरु हुन्छ । कमिला जोडीको प्रेम देखेपछि भ्यागुतोले पनि भ्यागुतीलाई प्रेम गर्न थाल्छ । यता भ्यागुतीको भने अर्कैसँग विवाह छिनीइसकेको हुन्छ । मानसिक र पारिवारीक संकटका बावजुद भ्यागुतोले आफ्नी प्रेमिकालाई पाउन गरेको संषर्ष नाटकमा देखाइएको छ । मुखौटा, कठपुतली र सङ्गीतको मिश्राण रहेको नाटक ‘जम्पिङ फ्रग’मा एउटा कलाकारको कल्पनाले सिर्जित मान्छेलगायत भ्यागुता, कछुवा, खरायो, मुसा र कमिलाजस्ता प्राणीहरुको कथा छ । मान्छेभन्दा बढी जनावरहरु पात्रका रुपमा प्रस्तुत भएको यो नाटकमा ती प्राणीहरुले पृथ्वीका बारेमा गर्ने गरेको चिन्तालाई दर्शाइएको छ । यसमा जलवायु परीवर्तन र त्यसले पृथ्वीलाई पार्दै गरेको असरका बारेमा एउटा भ्यागुतोले गरेको चिन्तन देखाइएको छ । नाटकमा कुनै संवाद छैन ।</span></p>

Acting4.6
Direction4.5
Stage Design4.3
Script & Dialog4.5