Mayadevika Sapana (मायादेवीका सपना)
यो नाटकमा यथार्थ र सपनाको सन्धी भएको छ । सपनाको दृश्य, उज्यालो र अँध्यारो अनि छायाको खेलले गर्दा नाटकमा एक प्रकारको उपरयथार्थवादी (‘‘सर्रियालिस्टिक्”) प्रभावको रचना भएको छ । यसरी उज्यालो र छायाका प्रभाबहरूको रचना गरेर नाटकले एउटा जटिल समयको नाटकीय चित्र एक ठाउँमा राख्न खोजेको छ । नेपालमा अहिले द्वन्द्वको अवस्था अति जटिल छ । इतिहास कता मोडिँदैछ, हामी के गर्दैछौँ र कसरी अर्कोलाई दोष बिसाएर हामी आफ्नो उत्तरदायित्वबाट भाग्दैछौ“ त्यो कुरा हेर्न हामीले अलिक पर उभिनुपर्छ । रङ्गमञ्चले त्यो ठाउँ दिन्छ । यो नाटकले सानै भएपनि त्यही मञ्चको रचना गरेको छ ।
Synopsis
यो नाटकमा यथार्थ र सपनाको सन्धी भएको छ । सपनाको दृश्य, उज्यालो र अँध्यारो अनि छायाको खेलले गर्दा नाटकमा एक प्रकारको उपरयथार्थवादी (‘‘सर्रियालिस्टिक्”) प्रभावको रचना भएको छ । यसरी उज्यालो र छायाका प्रभाबहरूको रचना गरेर नाटकले एउटा जटिल समयको नाटकीय चित्र एक ठाउँमा राख्न खोजेको छ । नेपालमा अहिले द्वन्द्वको अवस्था अति जटिल छ । इतिहास कता मोडिँदैछ, हामी के गर्दैछौँ र कसरी अर्कोलाई दोष बिसाएर हामी आफ्नो उत्तरदायित्वबाट भाग्दैछौ“ त्यो कुरा हेर्न हामीले अलिक पर उभिनुपर्छ । रङ्गमञ्चले त्यो ठाउँ दिन्छ । यो नाटकले सानै भएपनि त्यही मञ्चको रचना गरेको छ ।
धेरै छैन तर थोरैमा त्यो अभिव्यञ्जना रचना गर्न खोजिएको छ । एक अतियुद्धको भविता हेर्ने अर्को ऐनाको रूपमा बूढामान्छे वा सल्लेरी साईलाको रचना भएको छ । यस जटिल युद्धलाई मायादेवीका सरल उक्तिबाट चित्रण गर्न खोजिएको छ । ऊ भन्छे–‘‘जूनेलीमा भाग्न सजिलो हुन्छ तर लुक्न गाह्रो छ” । तर, त्यही जूनेलीमा देखिएका युवाहरूका भङ्ग शरीरहरू देखेर जूनेलीमा काँसका फूल देखेकी मायादेवीको पीडा गहिरो हुन्छ जुन सम्पूर्ण आमाहरूको पीडा हो ।
– प्रा. अभि सुवेदी
नाटककार
The play blends dream with reality. The dream scene and the light and shadow effect, the moonlit night and darkness create a surrealistic effect. But the play is an attempt to capture the intensity of the conflict that is going on in Nepal at the moment. Principally, it dramatises the predicament of women in the conflict affected areas. The mother’s visit to the battlefield and her direct encounter of the gruesome scene, her encounter of the wounded youths all of the same age as her son Kale who has disappeared, makes a blend of the raw human suffering and love, affection and pain. The humble life of Mayadevi and the old man who has lost his hand in the bigger war of the region, and the difficulties faced by women due to the war are brought under sharp focus in the play. The death of Mayadevi’s husband in the war remote in time and place is contrasted with the war raging around them. The futility of mutual killings, and the irony involved in the youths’ search for identities in a state of confusion shows that the battle has not created a clear picture of the times. The only impact we know of the war is summed up in Mayadevi’s words – it is easy to flee in the moonlit night but difficult to hide, and you are all fighting an absurd battle, you are not sensitive to the value of human life.
Director's Note
सुनील र म डेनमार्कको अलबोर्गबाट अहुस शहर जान ट्रेनको’ यात्रा गर्दै थियौं । मेरो सिटअघि एकजना पुरुष (एउटा फुच्चे केटोसँग) हुनुहुन्थ्यो । उहाँले मलाई ‘तपाइ“ पाकिस्तानबाट आउनु भएको हो’ भनेर सोध्नु भयो । मैले ‘होइन’ भन्दा फेरि ‘बङ्गलादेशबाट आउनु भएको होला’भन्नुभयो । मैले म नेपाली हुँ भन्दा उहाँले अलिक अप्ठेरो मान्दै क्षमा माग्नु भयो । कुरा अगाडि बढ्दा थाहा भयो– उहाँ अफगानी हुनुहुँदो रहेछ, इन्जियरिङ्गको प्रोफेसर । अफगानिस्तानमा लडाइँ शुरु भएपछि आफ्नो देशबाट परिवार सहित डेनमार्क भाग्नु भएछ । दलाललाई चालीहजार यूएस डलर दिएर । बाटोमा अनेकौं दुःख भोग्नु परेछ । साथमा रहेको सबै सामान एक–एक गर्दै बाटोमा फाल्दै अन्त्यमा डेनमार्कको शरणार्थी क्याम्पमा पुग्नु भएछ । हामी कुरा सुनेर छक्क पर्यौं । उहाँको व्यथा, कथा झैँ थियो । अन्त्यमा उहाँले भन्नु भयो– ‘जुनदिन वामियान बुद्ध ढले, त्यो दिनदेखि हाम्रो देशलाई अलच्छिन् लाग्यो । हामी घरबाट बेघर भयौं ।’ अचानक उहाँले हामीलाई सोध्नु भयो–‘तपाइँहरू पनि नेपालबाट भागेर आउनु भएको हो ?’ मैले नेपालका बारे पढें, सुने, धेरै दुःख लाग्यो । हामी अरुबाट शरणार्थी बनाईयौं, तपाइँहरू आफ्नै मान्छेबाट शरणार्थी हुनुभयो । आज सबैतिर हत्या हिंसा बढेको छ । मानिसहरू एक अर्काबाट किन सिक्दैनन्, हाम्रो मुलुकबाट किन सिको लिँदैनन् ? हामी उहाँलाई सुनी रह्यौं । अन्त्यमा खाली ‘हामी शरणार्थी होइन, कलाकार हौं र नाटक देखाउन आएका हौं’ मात्र भन्न सक्यौं । उहाँ अलि खुशी हुनु भो र भन्नु भो– ‘तपाइँहरू भाग्यमानी नै हुनुहुँदो रहेछ । म दुई वर्षदेखि घर फर्कने सपना देखिरहेको छु । र, त्यो सपना विपना होस् भनेर हरेक दिन प्रार्थना गर्छु ।’ उहाँका आँखाबाट आँशु बग्न थाले । मैले यो नाटक पहिलो पटक पढ्दा त्यही अफगानी दाइ र तिनका शब्दहरू सम्झेँ । उनका सपना सम्झेँ, आफ्नो देश फर्किन चाहने सपना । ‘हामी पनि आ–आफ्ना घर फर्कन चाहन्छौं ।’ मायादेवीले झैं प्रत्येक आमा, दिदी, बहिनीहरू आफन्त कुरेर बसेका छन् । नाटकले अहिलेको स्थिति र हाम्रो जिम्मेदारी सम्झाउन सक्यो भने हाम्रो काम सार्थक भएको सम्झिने छौं ।
– निशा शर्मा पोखरेल
निर्देशक
People Behind the Play
Creative Team
- Direction
- Playwright
On Stage
- Armed Person
- Lahure
- Maid
- Mayadevi
- Mayadevi (Dream)
- Shadow
- Young Man
Off Stage
- Costume and Props
- Friend
- Hakpare Song
- Light Operator
- Manager
- Marketing Manager
- Reception
- Set Construction
- Song Arrangement
- Sound and Music Editor
- Sound Operator
- Stage and Light Design
- Stage Manager
