Mahabhoj (महाभोज)
लगभग चालीस वर्ष अगाडि लेखिएको महाभोजलाई तीन ‘पी’ मा यत्नपूर्वक बुनिएको छ – प्रेस, पोलिटिक्स र पुलिस । राजनीति, प्रहरी र मिडिया कसरी एकअर्कासँग जोडिएका छन् र त्यसको चक्रव्यूहभित्र जनता कसरी कैद छन् भन्ने कुरा हिन्दूस्तानी साहित्यकार मन्नु भण्डारीले उपन्यासबाट नाटकमा रुपान्तरण गरेकी छिन् । र, अनुप बरालले यसलाई एपिक रुप र शैलीमा ढालेका छन् ।
Synopsis
लगभग चालीस वर्ष अगाडि लेखिएको महाभोजलाई तीन ‘पी’ मा यत्नपूर्वक बुनिएको छ – प्रेस, पोलिटिक्स र पुलिस । राजनीति, प्रहरी र मिडिया कसरी एकअर्कासँग जोडिएका छन् र त्यसको चक्रव्यूहभित्र जनता कसरी कैद छन् भन्ने कुरा हिन्दूस्तानी साहित्यकार मन्नु भण्डारीले उपन्यासबाट नाटकमा रुपान्तरण गरेकी छिन् । र, अनुप बरालले यसलाई एपिक रुप र शैलीमा ढालेका छन् ।
कुनै अमुक गाउँमा घटेको हिंसात्मक घटनाको फिलिङ्गो सल्किदै शहर पुग्छ, अखवारको सम्पर्कमा आउँछ र राँकिएर त्यसले राजनीतिको केन्द्र र प्रहरी संयन्त्रलाई तताउँछ ।
सल्किएको घटनाको आगो कसरी निभ्छ ? निभ्छ वा प्रश्नको पुतपुतिएको कोइला बन्छ ? त्यसको जवाफ नाटकमै भेटिने छ । विचार र संवादको अवस्था श्रृजना गर्नेछ अनि विमर्शका प्रशस्त सम्भावनाहरु जन्माउनेछ ।
Director's Note
रङ्गकर्मीहरु भनेका समाजकै सदस्य हुन् । त्यसैले तिनले रच्ने रङ्गमञ्चको संसारमा समकालीन समाजले भोगेका राजनीतिक र सामाजिक अन्तरविरोधका तस्बिरहरु जीवन्त भएर आउनुपर्छ–आउँछन् । यसपटक नाट्य प्रस्तुतिका लागि ‘महाभोज’ रोज्नुको पछाडि त्यही सिद्धान्तले मलाई ‘स्टिम्यूलेट’ गरेको हो । राजनीति उत्कृष्ट नीतिमध्ये एक हो । तर, भ्रष्ट सोचले जब राजनीतिलाई निर्देशित गर्दछ, त्यसको नेक्ससले समाजको तस्बिरलाई विद्रुप र विसङ्गत बनाईदिन्छ । यस कुराको सजीव चित्रण छ– महाभोजमा ।
सत्तरीको दशकमा भारतीय सुप्रसिद्ध साहित्यकार मन्नु भण्डारीले लेखेको महाभोज आजको नेपाली समाजमा पनि उत्तिकै सान्दर्भिक देखिन्छ । र, महाभोजले खराब सिस्टम बिरुद्ध लड्न हिम्मत भएका ‘भल्नरेबल’ र निर्बल आममान्छेको छटपटी, आक्रोश र निराशाको गम्भीर गाथा पनि बुनेको छ ।
यस प्रस्तुतिमा समकालिन घटनाहरुलाई ऐतिहासिक समयमा हेर्ने प्रयत्न गरिएको छ । नाट्य प्रस्तुति र यसको रुप, कथ्य र शैलीको प्रशिक्षणको क्रममा यस नाटकलाई मैले एपिक थिएटरको शैलीमा प्रस्तुत गर्ने निर्णय गरेँ । यस शैलीको उद्देश्य मनोरञ्जन या वास्तविकताको नक्कल गर्नु नभई विचारहरुलाई प्राथमिकता दिनु हुन्छ । यस धारको प्रस्तुतिले दर्शकहरुलाई विचारबारे स्वनिर्णय लिनकालागि आमन्त्रित गर्दछ र दर्शकहरु नाटक हेरेर घर फर्कँदै गर्दा भावनाको कैदी भएर होइन, मानसिक रुपमा अधिक शिक्षित भएर फर्किउन् भन्ने अपेक्षा राख्दछ ।
तीन पुस्ताका रङ्गकर्मीहरुमाझ बसेर एउटा ‘एन्सेम्बल वर्क’ गर्न पाउँदा यस प्रस्तुतिले एउटा बेग्लै डाईनामिक्स पाएको छ भन्ने मेरो विश्वास छ । थिएटर यात्रामा यस्तो सुन्दर र स्मरणीय वातावरणको संयोजनका अभियन्ता मण्डला थिएटर परिवारलाई हार्दिक साधुवाद । महाभोज नाटकलाई नेपालीमा सुन्दर र प्रभावकारी रुपमा भावानुवाद गर्ने कवि दाजु विप्लव प्रतीकप्रति हार्दिक आभार । नाटकसँग प्रत्यक्ष–अप्रत्यक्ष रुपमा सम्बद्ध र संलग्न सबै प्रिय स्रष्टाहरु प्रति हार्दिक कृतज्ञता ।
People Behind the Play
Creative Team
- Design and Direction
- Playwright
- Translation / Song
On Stage
- ActorArjesh RegmiBijay BaralBikash JoshiBuddhi TamangCK BistaDayahang RaiDebin ChaudharyGhanashyam JoshiKabi RaiMilan KarkiPradip Kumar ChaudharyPramila KhanalRaj NeupaneRajan KhatiwadaRamesh BudhathokiRanjana OliRijan PariyarSabin GhalanSagar DahalSandeep ShresthaSapana ChaudharySekhar ChapagainSirjana SubbaSom Nath KhanalShushma NiraulaUmesh TamangViplob Pratik
Off Stage
- Administration
- Asst. Director
- Choreographer
- Costume Design
- Finance Manager
- Graphics Design
- Light Design
- Light Operator
- Music
- Photography
- Production Design
- Set Construction
- Set Design
- Social Media Promotion
- Sound Design
- Sound Operator
- Stage Art
- Stage Hands
- Stage Manager
- Video Operator
- Videography
