Production Detail

Kora (कोरा)

Kausi Theatre (कौसि नाटकघर)Oct 26, 2018 - Oct 28, 201860 min

तिब्बती शरणार्थी तेञ्जिङ चुण्डुको कविता कृति कोरामा आधारित नाटक हो यो । यस नाटकमा हामीले चुण्डुका ४ वटा कवितालाई जोडेका छौं । होराइजन (क्षितिज), रिफ्युजी (शरणार्थी), दि टिबेटियन इन मुम्बई (मुम्बईमा तिब्बती), एग्जाइल हाउस (निर्वासन घर) ती ४ कविताहरु हुन् । यो नाटक तिब्बती शरणार्थीहरुको संघर्षपूर्ण यात्रा, जीवनशैली र विस्थापनको पीडादायी कथा भन्छ । नेपाल र भारतमा विस्थापन भएर अनागरिक झैं बाँचिरहनुको पीडा, डर र एक दिन घर फर्कने आशाबीच नाटकको कथा बुनिएको छ ।

01

Synopsis

02

Director's Note

मैले यो कविता कृति करिब १० वर्षअघि पढ्न पाएको थिएँ । त्यतिखेर मलाई यो कविता कृति मन पर्नुको कारण छ जस्तो लाग्छ । काठमाडौंमा म जहाँ जन्मिएँ, मलाई सानैदेखि यो ठाउँ मेरो हो जस्तो लागेन । साथीहरुसँग पनि आफ्नो महसुस गर्न सकिन । मभित्र भएको त्यो मनोविज्ञानले यो कवितासँग सम्बन्ध बनायो जस्तो लाग्छ । ती शरणार्थीहरु जो अनागरिक भएर बिल्कुलै फरक संस्कृति र समाजको बीचमा संघर्ष गरेर बाँच्न बाध्य छन् । विषय राजनीतिक छ तर कविताले उठाएको मानवीय संवेदनाले मलाई यो कृतिमाथि काम गर्न मन लाग्यो । मैले एक्टर्स स्टुडियोमा क्लास लिएपछि क्लास प्रोडक्सनको रुपमा यो कृतिमाथि नाटक बनाएको थिएँ । नाटकमा दयाहाङ राई, आशान्त शर्मा, रविन पाण्डे आदिले अभिनय गरेका थिए । पुरानै टिमलाई लिएर यो नाटक फेरि मञ्चन गर्ने अवस्था रहेन । एक दुर्घटनामा रविनको मृत्यु भयो । अरु साथीहरु पनि आ–आनो काममा व्यस्त भए ।शिल्पी थिएटरको आठौं ब्याचका विद्यार्थीहरुलाई कक्षा लिने क्रममा नयाँ नाटक गर्ने कुरा भयो । निर्देशनको जिम्मा मेरो भागमा प¥यो । कोरा मेरो मनमा बसेको किताब थियो । त्यसैले अनुभवी र केही नयाँ कलाकारहरुलाई लिएर यो नाटक तयार गरेको छु ।पहिला शिल्पीको गोठाले नाटकघरमा मञ्च भएको यस नाटकलाई यसपाली पुनः मञ्चन कौसी थिएटरमा गर्न गइरहेका छौं । फेरि पनि तपाईहरुको माया पाउनेमा हामी आशावादी छौं । कथा घेराको न्यानो माया, साथ अनि सहयोग प्रति हृदयदेखि नै हार्दिक आभार प्रकट गर्दछु । साथै अनुवाद, संगीतदेखि लिएर नाटक उत्पादनमा सहयोग गर्नुहुने सबैप्रति आभारी छु ।

03

People Behind the Play