Production Detail

Jumping Frog (जम्पिङ फ्रग)

जम्पिङ फ्रग नाटक एउटा भ्यागुतोको प्रेमकथा हो । बकुल्लाको डरले आफ्नो टोलबाट भागेको भ्यागुताको भेट एउटी भ्यागुतीसँग हुन्छ । भ्यागुतीले उसलाई बचाउँछे । विस्तारै उनीहरुको मित्रता शुरु हुन्छ । कमिला जोडीको प्रेम देखेपछि भ्यागुतोले पनि भ्यागुतीलाई प्रेम गर्न थाल्छ । यता भ्यागुतीको भने अर्कैसँग विवाह छिनीइसकेको हुन्छ । मानसिक र पारिवारीक संकटका बावजुद भ्यागुतोले आफ्नी प्रेमिकालाई पाउन गरेको संषर्ष नाटकमा देखाइएको छ । मुखौटा, कठपुतली र सङ्गीतको मिश्राण रहेको नाटक ‘जम्पिङ फ्रग’मा एउटा कलाकारको कल्पनाले सिर्जित मान्छेलगायत भ्यागुता, कछुवा, खरायो, मुसा र कमिलाजस्ता प्राणीहरुको कथा छ । मान्छेभन्दा बढी जनावरहरु पात्रका रुपमा प्रस्तुत भएको यो नाटकमा ती प्राणीहरुले पृथ्वीका बारेमा गर्ने गरेको चिन्तालाई दर्शाइएको छ । यसमा जलवायु परीवर्तन र त्यसले पृथ्वीलाई पार्दै गरेको असरका बारेमा एउटा भ्यागुतोले गरेको चिन्तन देखाइएको छ । नाटकमा कुनै संवाद छैन ।

01

Synopsis

02

Director's Note

रङ्गलाई क्यानभासमा पोखेर आकार निकालेजस्तै विभिन्न चरित्र र सङ्गीतलाई मञ्चमा घोल्नु मेरो एउटा कल्पना हो । फ्याँकिएका प्रयोगहीन बस्तुहरुलाई नयाँ स्वरुपमा ल्याई जीवन भर्न मैले कल्पेको संसार हो नाटक ‘जम्पिङ फ्रग’ । नाटकमा मैले मानिस र जीवहरुबीचका ‘मानजीवीय’ पाटाहरु केलाउने प्रयास गरेको छु –कत्तिको सफल भए, हेर्न बाँकि नै छ । मण्डला थिएटर नेपालले सहकार्य गर्ने मौका दिएकोले मलाई हौसला मिलेको छ । सवै कलाकारहरुको सामूहिक कामले यो नाटकले पूर्ण रुप पाउन सकेको हो । नाटक हेर्न आउनुभयो, सवैलाई धन्यवाद । प्रतिकृया दिन नभुल्नुहोला ।

03

People Behind the Play