Production Detail

Hari Hajurba (हरि हजुरबा)

अव्यक्त र अनुत्तरित चिठीहरूको फुसफुसाहटबीच, नाटकले गुमेको सम्झना र नसुल्झिएको बोझको कथालाई उजागर गर्छ ।नाटकमा, अनुहार ढाकेको मुखौटाको उपस्थितिले युद्धमा हराएकाहरूका आवाजहरू बोक्छ । ती आवाजहरूले, सत्य र भ्रमबीचको रेखालाई धुमिल पार्दै, मानिसहरूको मनमा गुमेका व्यक्तिहरूप्रति रहेको खाली स्थान र निको हुन नसकेको घाउको मर्मस्पर्शी चित्रण गर्छ ।

01

Synopsis

भुलिएको समयका चिठीहरू बाँड्दै एक हुलाकीले यात्रामा एउटा एक्लो, रित्तिएको मन भएको बूढो व्यक्तिसँग भेट्छ जो आफ्नो नातिनीको खोजीमा रेडियो सुन्दै दिन कटाउने गर्छ । युद्धको समयमा हराएको नातिनीको खबर सुन्न आतुर बूढोको कठोरता हुलाकीका कुराहरूले बिस्तारै पगाल्न थाल्छ । तर, ती सानातिना चेष्टाहरूले युद्धकालका भयानक कथाहरू सतहमा ल्याउँछन् र उनीहरूको जीवन एक अनौठो तरिकाले आपसमा जोडिन थाल्छ । तर जब विगत जीवित हुन थाल्छ, त्यसका छायाँहरू पनि साथमा आउँछन् । सम्बन्ध र सम्झनाको यो यात्रा अप्रत्याशित रूपमा भयावह मोडतर्फ अघि बढ्छ । अव्यक्त र अनुत्तरित चिठीहरूको फुसफुसाहटबीच, नाटकले गुमेको सम्झना र नसुल्झिएको बोझको कथालाई उजागर गर्छ ।नाटकमा, अनुहार ढाकेको मुखौटाको उपस्थितिले युद्धमा हराएकाहरूका आवाजहरू बोक्छ । ती आवाजहरूले, सत्य र भ्रमबीचको रेखालाई धुमिल पार्दै, मानिसहरूको मनमा गुमेका व्यक्तिहरूप्रति रहेको खाली स्थान र निको हुन नसकेको घाउको मर्मस्पर्शी चित्रण गर्छ ।
02

Director's Note

आफैँले लेखेको कवितालाई कथा बनाएँ । कथा बनाइसकेपछि नाटक बनाएँ । निकै समयपछि नाटकमा फर्केको छु । लामो समय कतै पर रुमल्लिएको चरा आफ्नै गुँड फर्किएको जस्तो, आफ्नै धरातलमा फर्किएको जस्तो महसूस भइरहेको छ । नाटकमा सामाजिक विषयवस्तुहरूलाई डिजाइनमा ढालेर काम गर्ने मेरो सधैँको चासोको विषय हो । मेरो सिकाइको हिसाबले पनि मलाई नाटकमा म्यूजिकल, फिजिकल, मेन्टल जर्नी देखाउन मन पर्छ । यो नाटक त्यसरी नै तयार पार्ने कोशिस गरेको छु । यो नाटकलाई तयार पार्न मलाई मानसिक, शारीरिक, आर्थिक रूपमा सहयोग गर्नु हुने सबैप्रति म आभारी छु । – नाजिर हुसेन
03

People Behind the Play

Creative Team

On Stage