Production Detail

Dhukdhuki 72Mhz (ढुकढुकी ७२ मेगाहर्ज)

सन्तान चाहनाको उत्कट उत्साह स‌ङ्गालेका दम्पत्तिको जीवनमा आइपरेका जटिलता, आकांक्षा, आशा, वाध्यता, विवशता, विकल्प र विश्वास नाटक 'ढुकढुकी ७२ मेगाहर्ज'को आवाज हो । यो घटनाभन्दा पनि घटनाको प्रभावमा जन्मिएका मानवीय संवेदना, सहअस्तित्व र प्रेमको कथा हो ।

01

Synopsis

लेखकीय मानव ढुकढुकीको आराम अवस्थाको औसत दर प्रतिमिनेट ७२ ढुकढुक मेरा लागि मुटुले रगत पम्प गर्दाको चाल मात्र होइन । यो हृदयको सुक्ष्म आवाज हो, अर्थात् आवाजको एकाई हर्ज हो । आफैभित्रको यो सुक्ष्म आवाजको आयतन जीवनमा विशाल छ, अतः मेरा लागि यो मेगाहर्ज हो । सायद हृदयको ढुकढुुक हामी सबैको जीवनको मेगाहर्ज हो ।
02

Director's Note

यो नाटक मेरा लागि पात्रले सिर्जना गरेका शब्दहरू र शब्दहरूले बनाएका दृश्यहरूको 'इन्सटलेसन आर्ट' हो । जुन आर्टलाई मन र मस्तिष्क दुवैले ठडाएको हुँ । रङ्गकर्मको यो यात्रामा मलाई कसैले पहिलोपटक 'तिमी नाटक गर, खर्चको चिन्ता नगर' भनेको छ, मण्डला थिएटरलाई साधुवाद ।
03

People Behind the Play

Creative Team

On Stage

Off Stage