Production Detail

Degree Maila (डिग्री माइला)

डिग्री माइला कलाकारहरुको संस्मरण अनि कल्पनाबाट जन्मिएको नाटक हो । नाटकको मूल कथा छैन तर कथा नभएको नाटकमा थुप्रै चरित्रहरु छन् अनि छन् ती चरित्रका पूर्वकथाहरु । नाटकमा घटना देखिदैन बरु त्यसको असर मात्र देखिन्छ । आम मानिससँगझैं नाटकका हरेक चरित्रसँग योजनाहरु छन् । योजना, सपना अनि जीवनबीचको अमिल्दो तालमेल हो नाटक डिग्री माइला ।

01

Synopsis

डिग्री माइला कलाकारहरुको संस्मरण अनि कल्पनाबाट जन्मिएको नाटक हो । नाटकको मूल कथा छैन तर कथा नभएको नाटकमा थुप्रै चरित्रहरु छन् अनि छन् ती चरित्रका पूर्वकथाहरु । नाटकमा घटना देखिदैन बरु त्यसको असर मात्र देखिन्छ । आम मानिससँगझैं नाटकका हरेक चरित्रसँग योजनाहरु छन् । योजना, सपना अनि जीवनबीचको अमिल्दो तालमेल हो नाटक डिग्री माइला ।

02

Director's Note

म आफू अभिनेता भएर खोज्दा भेटिएका, देखिएका र कतिपय संगत गरिएका चरित्रहरु हुन् डिग्री माइलाका चरित्रहरु । यीमध्ये कतिपय चरित्रहरु त मैले आफू अभिनेता हुनुपूर्व बाल्यकालमै भेटेको पनि थिए । मलाई थाह छैन– म किन उनीहरुप्रति आर्कषित भए अथवा नाटकका लागि किन मैले उनीहरुलाई नै रोजे । उनीहरुको उद्देश्य, बाधा र खास जीवन के थिए त्यो म ठ्याक्कै भन्न सक्दिन । आफ्नो हिसावले अनुमान मात्र लगाउँथे । त्यो गलत पनि हुन सक्थ्यो र सही पनि । परिस्थति कस्तो भने– केहि घटना भइसकेर त्यसको असर मात्र त्यहाँ देखिन्छ । अनेकन तर्क–वितर्क, सहमति–असहमतिका संवादहरु ! थाह छैन म किन त्यही कुरामा आकर्षित हुन्थे र हुन्छु । त्यस्तो परिस्थतिको समय जहिले पनि माइलो हुँदोरहेछ । अर्थात्, अघि पनि होइन, पछि पनि होइन, बीचको । अर्थात्, त्यसको अघि पनि केहि हुनेवाला छ र पछि पनि । मलाई लाग्छ हामी त्यही समयमा बाँचीरहेका छौं । यो समयलाई लिएर ती पात्रहरुसँगको भेट नै हो नाटक डिग्री माइला । उनीहरुको उद्देश्य र बाधालाई नचिनी पनि त जीवन बाँच्दोरैछ नि कैलेकाँहि ! यदि त्यसो हो भने म सफल भए । यो नाटक आँशुरचनाको अभ्यासबाट शुरु भएको हो जसलाई पछि आएर साथी सायद अशोकले लेख्य रुप दिए । नाटकको लागि उपर्युक्त धून खोज्दै जाँदा ब्याण्ड आधा सुरका साथीहरु भेटिए जसले यो नाटकको भावलाई दुरुस्त सुनिने बनाए । यसका केहि अंशहरु दाई राजन मुकारुङको उपन्यास दमिनी भीरबाट लिएको छु । धेरै चरित्रहरु चलचित्र निर्देशक रामबाबु गुरुङ्ग, कवि उपेन्द्र सुब्बा तथा यस नाटककै कलाकार साथीहरुको संस्मरणबाट जन्मिएका छन् । ती सवैप्रति आभारी छु । दर्शकहरुले अपार माया नदेखाउनुभएको भए यो नाटक फेरि देखाउने हिम्मत हुन्थेन होला । मिडियाका साथीहरुले पनि मन खोलेर प्रचार गरिदिनुभयो । त्यस अर्थमा सवैलाई साधुवाद ।

03

People Behind the Play